मौन अवधि सुरु : प्रचार गरे सिधै कारबाही

Naya Sansar Online TV 66+ समाचार ( )
१९ फाल्गुन २०८२

प्रतिनिधिसभा निर्वाचनअन्तर्गत सोमबार राति १२ बजेदेखि मौन अवधि सुरु भएको छ। मतदान हुनुभन्दा ४८ घण्टाअघिको समयलाई कानुनले ‘स्थिर (मौन) अवधि’ मानेको छ, जस अवधिभर कुनै पनि दल वा उम्मेदवारको पक्ष–विपक्षमा प्रचारप्रसार गर्न पूर्ण प्रतिबन्ध लगाइएको छ।

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी का अनुसार सभा–सम्मेलन, जुलुस, गोष्ठी, अन्तरक्रिया, मत माग्ने गतिविधि तथा कुनै पनि माध्यमबाट प्रचार गर्न पाइने छैन।

सामाजिक सञ्जालमा पोस्ट, सेयर, लाइक र कमेन्टसमेत प्रचारकै रूपमा गणना हुने भएकाले यस्तो गतिविधि गरे कानुनी कारबाही हुने चेतावनी दिइएको छ। उम्मेदवार तथा दलले राखेका सबै प्रचार सामग्री हटाउनुपर्नेछ।

मतदान केन्द्र वरिपरि साउन्ड सिस्टम, बाजागाजा, नाचगान, भोजभतेर वा भीडभाडजन्य गतिविधि गर्न पूर्ण निषेध गरिएको छ। बिहीबार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुने कार्यक्रम छ।

प्रतिक्रिया

सम्बन्धित समाचार