रौतहट–३ मा युवामाझ पुनम यादवको बढ्दो आकर्षण

Naya Sansar Online TV 66+ समाचार ( )
३ फाल्गुन २०८२

रौतहट क्षेत्र नं. ३ मा प्रतिनिधि सभा सदस्य उम्मेदवार पुनम यादव पछिल्लो समय युवामाझ सक्रिय रूपमा देखिएकी छन्। विभिन्न टोल–बस्तीमा आयोजित संवाद तथा भेटघाट कार्यक्रममा युवाहरूको उल्लेखनीय सहभागिता देखिएको छ।

भेटघाटका क्रममा उनले रोजगार सिर्जना, सीपमूलक तालिम, शिक्षा सुधार र स्वरोजगारका अवसरबारे आफ्ना योजना साझा गरिरहेकी छन्। युवाहरूले पनि आफ्ना जिज्ञासा र सुझाव प्रत्यक्ष रूपमा राख्ने अवसर पाएका छन्।

संवादका क्रममा धेरै युवाले “अब अवसर र परिणाम चाहिन्छ” भन्ने धारणा व्यक्त गरेका थिए। पुनम यादवले युवालाई विकास यात्राको मुख्य साझेदार बनाउने प्रतिबद्धता जनाउँदै उनीहरूको ऊर्जा र क्षमतालाई सकारात्मक दिशामा प्रयोग गर्ने बताए।

प्रत्यक्ष संवाद र सक्रिय सहभागिताले रौतहट–३ मा युवामाझ पुनम यादवप्रति आकर्षण र चासो बढ्दै गएको संकेत देखिएको छ।

प्रतिक्रिया